• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    सहमति कार्यान्वयन भए सरकारमा जान्छौ : रास्वपा

    428
    SHARES


    काठमाडौँ। पार्टी कार्यालय, बसुन्धरामा सोमबार बसेको केन्द्रीय समितिको बैठकले पूर्व सहमतिअनुसार गृह मन्त्रालय पाएमा सरकारमा जाने निर्णय गरेको छ ।

    सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले भने, ‘थप सहमति नभएकाले सरकारमा जाने अहिल्यै बचन दिएका छैनौं तरनयाँ सहमति भयो भने सरकारमा जान सक्छौं ।’

    गृह मन्त्रालय नपाएपछि रास्वपा २२ माघमा सरकारबाट बाहिरिएको थियो, तर समर्थन फिर्ता भने लिएको छैन ।

    पछिल्लो पटक उच्चस्तरीय राजनीतिक समितिको बैठकमा रास्वपाले चितवन २ मा उपचुनावको उम्मेदवार माग गरेको थियो भने सत्तारुढ दलका नेताहरुले सरकारमा आउन आग्रह गरेका थिए ।

    चितवन २ मा आगामी १० वैशाखमा उपचुनाव हुने तय भएको छ । सोमबारको बैठकले उपचुनाव घोषणाको स्वागत गरेको छ र, चुनावमा जान तयार रहने निर्णय गरेको छ ।

    सहमहामन्त्री बुर्लाकोटीका अनुसार चितवन २ को उम्मेदवार बनाउने भन्ने औपचारिक निर्णय भएको छैन, तर सभापति रवि लामिछाने आफैं उम्मेदवार हुनेमा कुनै विवाद छैन ।

    यस्तै रास्वपाले केन्द्रीय कमिटी विस्तार गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले २४ सदस्यीय केन्द्रीय कमिटीलाई ४० सदस्यीय बनाएको हो ।

    रास्वपाले १६ जना केन्द्रीय सदस्य थपेको रास्वापा सह-महामन्त्री कविन्द्र बर्लाकोटीले बताएका छन् ।

    केन्द्रीय सदस्य मनोनीत हुनेमा निशा मेहता, विन्देवासेनी कंसकार, रुपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसकार श्रेष्ठ, टिका संग्रौला (ज्याला), हरि भट्ट, ध्रुव गिरी, निमा अधिकारी, रमेश प्रसाईँ, अर्जुन अधिकारी क्राीन्तशिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्री रहेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ