• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    ट्राफिक नियमविरुद्ध यातायात मजदुर आन्दोलित, प्रहरीको गाडी तोडफोड

    1.5K
    SHARES



    काठमाडौँ। ट्राफिक नियम यातायात मजदुरको हितमा नभएको भन्दै यातायात व्यवसायीले सडक अवरुद्ध गरेका छन् ।

    ट्राफिक नियमविरुद्ध आन्दोलित बनेका यातायात मजदुरले माछा पोखरी बालाजु क्षेत्रमा सडक अवरुद्ध गरेका हुन् ।

    उनीहरू सवारी साधन सडकमा तेर्साए बालाजु चोकमा सडक अवरुद्ध गरेका छन् । आन्दोलित मजदुरहरूले प्रहरीको गाडी समेत तोडफोड गरेका छन्।

    पाँच पटक सम्म चिट काटेपछि ६ महिनासम्म सवारी चलाउन नपाउने नियम विरुद्ध यातायात व्यवसायीले सडक अवरुद्ध गरेका हुन् ।

    बीच सडकमै सवारी साधन राखेर मजदुरहरूले अवरोध सिर्जना गरेपछि सो क्षेत्रको यातायात आवागमन ठप्प भएको छ ।

    काठमाडौं उपत्यका प्रहरी प्रवक्ता सानु भट्टराईका अनुसार यातायात व्यवसायीहरूले पार्किङ जुन सुकै ठाउँमा गर्न पाउनु पर्ने भन्दै आन्दोलन गरेका हुन् ।

    ट्राफिक नियमको विरुद्ध आन्दोलन गरेका उनीहरुले प्रहरीको गाडी समेत तोडफोड गरेका छन ।

     

     

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया