News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

यौनजन्य क्रियाकलापमा लगाएको आरोप लागेका होटल सञ्चालक पराजुली २ वर्षपछि पक्राउ

405
SHARES


बुटवल । युवतीलाई जबर्जस्ती यौनजन्य क्रियाकलापमा लगाएको आरोप लागेपछि फरार रहेका रुपन्देहीका एक होटल सञ्चालक पक्राउ परेका छन् ।

रुपन्देहीको तिलोत्तमास्थित होटल हेभनका सञ्चालक तुलसीराम पराजुली र उनले सञ्चालन गर्ने रेष्टुरेन्टमा काम गर्ने पुजा बिक पक्राउ परेका हुन् । पराजुली २ वर्षदेखि फरार रहेका थिए ।

२०७६ सालमा बुटवलको राजमार्ग चौराहामा वेलकम रेष्टुरेन्ट सञ्चालन गरेका पराजुलीले कामदारका रुपमा पूजा विकलाई राखेका थिए ।

केही युवतीले आफूहरुलाई जबर्जस्ती यौनजन्य कार्यमा लगाएको भन्दै पूजाविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए ।

त्यसपछि पुजाले उक्त होटल आफूले सञ्चालन गरेको नभई तुलसीराम पराजुलीको भएको प्रहरीसामु बताएपछि प्रहरीले पराजुलीको खोजी गरेको थियो ।

बुटवलमा हालैमात्र सरुवा भएर आएका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले पराजुलीको पुरानो फाइल खोजेर अनुसन्धान अघि बढाएका हुन् ।

‘अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेश गरिसकिएको छ, अव मुद्दा प्रक्रिया अगाडि बढ्छ’, उनले भने । पराजुलीले लगानी गरेको वेलकम रेष्टुरेन्ट भने हाल बन्द अवस्थामा रहेको छ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया