News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति

सार्वजनिक बिदाका नाममा अराजकता बढ्यो : गगन थापा

270
SHARES


काठमाडौं। नेपालि कांग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समय नेपालमा सार्वजनिक बिदाका नाममा अराजकता अति भएको बताए  ।

सरकारले आज ‘जनयुद्ध दिवस’का अवसरमा देशैभर बिदा दिएको छ। यसैबारे आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन् ।

थापाले कुनै पनि तहका सरकारले स्वेच्छाचारी ढंगबाट बिदा दिन नपाउने गरी ऐन बनाउनुपर्ने पनि बताए ।

आज सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै महामन्त्री थापाले आज फेरि बिदा शिर्षक दिएर पछिल्ला दिनमा कार्यकारीको तजबिजमा सार्वजनिक बिदा दिने क्रम सीमाहीन भएको पनि उल्लेख गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्,‘पछिल्ला दिनमा कार्यकारीको तजबिजमा सार्वजनिक बिदा दिने क्रम सीमाहीन भएको छ ।

कहिले लहडमा, कहिले भावावेगमा,कहिले सत्ता जोड घटाउमा, कहिले कसैलाई चित्त बुझाउन त कहिले आफ्नो राजनीतिक स्वार्थको लागि ।

झन् प्रदेश र स्थानीय तहमा त पार्टीका कार्यक्रम र पारिवारिक विषयमा समेत सजिलै बिदा घोषणा गरेका उदाहरणहरु रहेका पनि पनले बताएका छन् ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया