• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    एलिना चौहानले रवि लामिछानेलाई चिन्दिनँ भनेपछि…

    1.6K
    SHARES


    काठमाडौँ । चर्चित गायिका एलिना चौहान यतिबेला फेरि चर्चामा छन् । अहिलेको चर्चाको विषय भने अलि फरक रहेको छ अर्थत एक अन्तर्वार्ता बन पुगेको छ ।

    आइतबार टेलिभिजन कार्यक्रम ‘द प्रकाश सुवेदी शो’ मा अतिथिको रूपमा सहभागी उनलाई कार्यक्रमका होस्ट प्रकाश सुवेदीले रवि लामिछानेको फोटो देखाएर कुन रूपमा चिन्नुहुन्छ भनेर प्रश्न गरेका थिए ।

    जवाफमा उनले व्यक्ति रवि लामिछाने भए पनि कुनै पनि रूपमा नचिन्ने बताएकी थिइन् ।

    मिडियाकर्मीदेखि पछिल्लो समय राजनीतिक र नागरिकताको विषयले सबै तिर छाएका रविलाई चिन्दिन भनेपछि अहिले सामाजिक सञ्जालमा उनी ट्रोल बनिरहेकी हुन् ।

    कतिपयले उनले उनलाई गाइने भएर मात्र भएन, देशलाई चाहिने मानिस चिनिराख्नुपर्छ भनेर समेत व्यङ्ग्य गर्ने गरेका छन् ।

    कार्यक्रमको सुरुमा सुवेदीले रविको चर्चा पनि गरेका छन् । तरपछि फोटो देखाएर कुन रूपमा चिन्नुहुन्छ भन्दा कुनै रूपमा चिन्दिन भनेपछि उनी आलोचित बनिरहेकी छन् ।

    कार्यक्रममा चौहानले अभिनेता अनमोल केसीलाई ह्याण्डसम हिरो र साम्राज्ञी राज्य लक्ष्मीलाई राम्री हिरोइनको रूपमा समेत चर्चा गरेकी छिन् ।

    कार्यक्रममा सुवेदीले कलाकारिता, राजनीतिक र खेलकुद क्षेत्रका केही व्यक्तिहरूको तस्बिर समेत चिन्न लगाएका थिए । जसमा चौहानले धेरैलाई चिनेकी थिइन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ