News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्तराष्ट्रिय

भीषण वर्षासँगै बाढी र चक्रवात, हजारौँ नागरिक प्रभावित

502
SHARES


न्युजिल्यान्ड। न्युजिल्यान्डमा भीषण वर्षासँगै आएको बाढी र चक्रवातका कारण हजारौँ नागरिक प्रभावित भएका छन् ।

बाढी र चक्रवातका कारण बिजुली र खानेपानीको आपूर्ति बन्द भएको छ । न्युजिल्याण्डको उत्तरी क्षेत्रका ५८ हजारभन्दा धेरै घरमा बिजुलीको आपूर्ति ठप्प भएको छ ।

अधिकारीहरुले ठूलो वर्षा र हावाहुरीको चेतावनी दिएका छन् । चक्रवातलाई मध्यनजर गर्दै त्यस क्षेत्रको उडान सेवा ठप्प पारिएको छ ।

केही क्षेत्रमा आपत्कालको घोषणा गरिएको छ । चक्रवातले घरका छानाहरु उडाइदिएको छ भने रुख ढलेर सडक अवरुद्ध भएका छन् ।

दक्षिण न्युजिल्याण्डको ठूलो सहर अकल्याण्डमा पनि चक्रवातका कारण बिजुलीको आपूर्ति बन्द भएको छ । चक्रवात प्रभावित क्षेत्रका अधिकारीहरुले रेड अलर्ट जारी गर्दै आपत्काल घोषणा गरेका छन् । चक्रवातका कारण स्थानीय सरकारी कार्यालय बन्द गरिएको छ भने विद्यालय पनि बन्द छन् ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया