सिन्धुली। सिन्धुलीमा राेकिराखेकाे ट्र्याक्टरमा मोटरसाइकल ठाेक्किँदा दुई जनाको ज्यान गएकाे छ ।
मदन भण्डारी लोकमार्ग अन्तर्गत मरिण गाउँपालिका-७ महेश्वता क्याम्पस चोक नजिकैको नङगेडी पुलनजिकै रोकी राखिएको ना ३ त १६० नम्बरको ट्र्याक्टरसँग बा ५८ प ९०९८ नम्बरको मोटरसाइकल ठोक्किएकाे बताइएको छ ।
दुर्घटनामा मरिण ३३ वर्षका जितेन्द्र माझी र त्यही ३२ वर्षका मेषबहादुर माझीको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको प्राथमिक स्वास्थ्य चौकी कपिलाकोटमा उपचारका क्रममा ज्यान गएकाे हाे ।
यस्तै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १ फागुनलाई जनयुद्ध दिवस मनाउने निर्णय गरे पनि परराष्ट्र मन्त्रालय भने खुल्ला रहने भएको छ ।
भारतीय विदेश सचिव बिनय मोहन क्वात्राको परराष्ट्र मन्त्रालयमा सचिवस्तरीय छलफल तथा परराष्ट्र मन्त्री बिमला राईसँग द्धिपक्षिय भेटघाट यसअघि नै तय भएको भन्दै परराष्ट्र मन्त्रालय भने खुल्ला रहने भएको हो ।
‘सोमबार परराष्ट्र मन्त्रालय खुल्ला रहनेछ, अरु मन्त्रालयको के हुन्छ थाहा छैन्’ परराष्ट्र मन्त्री विमला राईले सञ्चारकर्मीको प्रतिक्रियामा भनेकी छिन् ।
भारतीय विदेश सचिव क्वात्रा दुई दिने नेपाल भ्रमणका लागि एअर इन्डियाको फ्लाइटवाट बिहान ११ बजे काठमाडौं ओर्लदै छन् ।
प्रतिक्रिया