काठमाडौँ। पूर्वसचिव भीम उपाध्याय पछिल्लो समय सामाजिक सञ्जालमा प्रया आलोचनात्मक टिप्पणी गर्ने गर्दछन् ।
यस्तै सामाजिक सञ्जाल फेसबुकमा दिर्घ रोग क्यान्सर र किड्नी को बिषय उठाएका छन् । क्यान्सर उपचार पैसा कमाउने ब्यवसाय भएको र बिरामी र बिरामीका आफन्तले असैय पिंडा भोग्नुपरेकाले यसबिषयमा सरकारको समयमै ध्यान जानुपर्ने उनको भनाइ छ ।
उनले लेखेका छन्,’नेपालका क्यान्सर पीडितहरू अधिकाँशको उपचार भनेको तिनको जीवन बचाउनु भन्दा पनि तिनको सास लम्बाउने र कष्ट पनि लम्बाईरहने अभ्यास भइरहेको देखिदैछ। सफरिंग लम्बाउने काम भन्दा, ती जति समय बॉच्छन तिनको त्यो समय सहज ढंगमा कसरी कटाउने ब्यवस्था मिलाउन सकिन्छ त्यसको योजना र कार्यक्रम बनाएर सरकारले तत्काल लागू गर्नुपर्ने अवस्था टड्कारो देखिन्छ। क्यान्सर उपचार ब्यवसाय भनेको एउटा मालामाल हुने क्षेत्र भएको छ । रकारले सशक्त क्यान्सर र किड्नी केयर नीति योजना लागू गरोस् ।
यस्तै ‘क्यान्सर पीडितहरू जति दिन बॉच्छन्, बडो कष्टकर जीवन बॉच्छन् । उपचारमा भएभरको सीमित श्रीसम्पत्ति जति सबै लुटाउछन् र तिनका बॉचेका परिवारहरू सडकमा माग्ने हुन पुग्छन् । क्यान्सरले मानिसलाई जेनतेन चलेको घर परिवारलाई सडकमा पुर्याइदिने गरेको छ। सबै सम्पत्ति लुटाएपछि पनि अधिकाँश बिरामी अन्तत: बचाउन पनि सकिएको देखिदैन । पैसा पनि गयो, ज्यान पनि बचेन, जति दिन बच्यो आफू र परिवारका निम्ति बडो कष्टकर रह्यो । यस्तै अवस्था किड्नी फेल भएकाहरूको देखिन्छ ।’
प्रतिक्रिया