• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सकियो क्यान इन्फोटेक-२०२३, तीन लाखले गरे अवलोकन, अब सातै प्रदेशमा सञ्चालन हुने

    7.2K
    SHARES



    काठमाडौँ। कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान) ले आयोजना गरेको २८औं संस्करणको बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक २०२३’ भव्यताका साथ सकिएको छ ।

    राजधानीको भृकुटीमण्डपमा माघ २४ देखि २९ गतेसम्म भएको यो प्रदर्शनीलाई तीन लाख बढीले अवलोकन गरेका छन् ।

    कम्प्युटर एसोसिएसन महासंघ (क्यान)का अध्यक्ष रञ्जितकुमार पोद्दारले सोचेअनुसार नै अवलोकन कर्ताहरूको उपस्थिति भएको प्रतिक्रिया दिएका छन् ।

    मेलामा विद्यालयमा अध्ययनरत विद्यार्थीदेखि क्याम्पस स्तरमा टेक्नोलोजी अध्ययनरत विद्यार्थी र सूचना प्रविधिमा चासो राख्ने मानिसहरू अवलोकनका लागि आएका उनले बताए । आजबाट सकिएको इन्फोटेक मेला आगामी दिनमा सातै प्रदेशमा पनि सञ्चालन हुने पोद्दारले जनाए।

    उनका अनुसार मधेस प्रदेशमा फागुन ५ देखि फागुन ९ सम्म, सुदूरपश्चिममा फागुन १३ देखि फागुन १७ सम्म, गण्डकीमा फागुन २६ देखि फागुन ३० सम्म र बागमतीमा चैत २ देखि चैत ६ सम्म क्यान इन्फोटेक हुने भएको छ ।

    प्रदेश १, कर्णाली र लुम्बिनी प्रदेशमा पनि चाँडै नै क्यान इन्फोटेकको आयोजना मिति घोषणा हुने जनाइएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया