News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति

फेरि चुनाव जित्न मलाई चुनौतीपूर्ण छ भन्ने लाग्दैन : रवि लामिछाने

405
SHARES


काठमाडौं । चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता खारेज भएपछि सो क्षेत्रमा वैशाख १० मा उपनिर्वाचन हुँदै छ ।

उनले बिहान मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उपनिर्वाचन जतिसक्दो छिटो गर्न आग्रह गरेका थिए । ‘बिहान प्रधानमन्त्रीलाई आग्रह गरेको थिएँ । दिउँसो निर्णय आयो’ लामिछानेले भने ।

अब फेरि पनि रास्वपाबाट आफू नै उम्मेदवार हुने लामिछाने बताउँछन् । चितवन २ मा अर्को उम्मेदवार नहुने उनले बताएका हुन् ।

गत ४ मंसिरको चुनावमा लामिछाने ४९ हजार २६१ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी उमेश श्रेष्ठले १५ हजार ९९ मत ल्याए । तेस्रो स्थानमा रहेका एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत पाएका थिए ।

लामिछाने भारी मतले विजयी भएका थिए । तर, नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको उम्मेदवारी र विजयी घोषणा गर्ने निर्वाचन आयोगको निर्णय बदर गरिदिएको थियो । लामिछानेले अमेरिकन नागरिकता त्यागेर पुनः नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भनी सर्वोच्च अदालतले उम्मेदवार नै हुन अयोग्य रहेको फैसला गरेको थियो ।

अब फेरि पनि आफू नै उम्मेदवार हुने बताएका लामिछानेले विगतका भन्दा अझ बढी मतान्तरमा चुनाव जित्ने आशा राखेका छन् ।

‘त्यसैले पनि मलाई चुनौतीपूर्ण छ भन्ने लाग्दैन । तर, पनि निर्वाचन हो । वैशाखसम्म के हुन्छ हेरौं । त्यस्तो चुनौतीपूर्ण होला भन्ने लाग्दैन,’ रास्वपा सभापति लामिछानेले भने, ‘हिजो मात्रै निर्वाचन क्षेत्रमा पुगेर आएँ । नागरिकहरुले जुन ढंगले प्रतिक्रिया दिनुभएको छ । त्यसले फेरि चुनाव जित्न कुनै चुनौती छ भन्ने लाग्दैन ।’

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया