News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

भिरबाट खसेकाे ढुङ्गा लागेर ३२ वर्षीय खड्काकाे मृत्यु

834
SHARES


जाजरकाेट। जाजरकोटकाे नलगाड नगरपालिकाकाे गेरेनी भिरबाट खसेकाे ढुङ्गाले लागेर एक जनाकाे ज्यान गएकाे छ ।

ढुङ्गाले लागेर रुकुम पश्चिमकाे आठबीसकाेट नगरपालिका ११ चाैर घर भएका ३२ वर्षीय अशाेक खड्काकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष रोकाले बताएका छन् ।

टाउकाेमा चोट लागेर घाइते भएका खड्काकाे उपचारका क्रममा स्वास्थय चौकी दल्लीमा ज्यान गएकाे प्रहरीले जनाएको छ । उनीसंगै बाइकमा सवार बमबहादुर खत्रीकाे अवस्था भने सामान्य रहेको छ ।

नलगाड ५ काे कालीमाटीबाट खारा गइरहेको भे १० प ६६७२ नम्बरकाे मोटरसाइकलमा सवार खड्कालाई भिरबाट खसेकाे ढुङ्गा लागेकाे थियाे ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया