• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    एन्फा र शिखर इन्स्योरेन्सबीच बीमा सम्झौता

    778
    SHARES



    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडबीच ए डिभिजन लिगका खेलाडीहरुको समूह व्यक्तिगत दुर्घटना र समूह चिकित्सा बीमा सम्झौता भएको छ ।

    आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फाका महासचिव किरण राई र शिखर इन्स्योरेन्सका सहायक महाप्रबन्धक प्रार्थना शाहीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

    सम्झौता अनुसार शिखर इन्स्योरेन्सले खेलाडीको दुर्घटनामा मृत्यु भएमा १० लाख रुपैयाँ उपलब्ध गराउने छ ।

    साथै दुर्घटनामा घाइते भएका लिगका पहिलो पाँच खेलाडीलाई रु ५ लाख र लिगका बाँकी खेलाडीलाई रु १ लाख ५० हजार उपचार खर्च समेत प्रदान गरि भएको छ ।

    यसअघिको बैठकमा ए डिभिजन क्लबहरूसँग भएको सहमतिअनुसार राष्ट्रिय टोलीका खेलाडीको प्रिमियम एन्फाले तिर्नेछ भने बाँकी खेलाडीको प्रिमियम सम्बन्धित क्लबले ब्यहोने छ । दुई पक्षबीच भएको सम्झौता एक वर्षको लागि मान्य हुने पनि जनाइएको छ ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ