• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    प्रदेश

    सोलुखुम्बुको सल्लेरीका ३ घरमा आगलागी, २७ लाख बढीको क्षति

    1.2K
    SHARES



    काठमाडौँ। सोलु्खुम्बु सदरमुकाम सल्लेरीमा भएको आगलागीबाट १ घर जलेर नष्ट भएको छ भने २ घरमा आंशिक क्षति पुगेको छ ।

    आज (आईतबार) दिउँसो पौने २ बजे सल्लेरी माथिल्लो क्याम्पस टोलमा भएको आगलागीबाट बुद्धराज तामाङको घर पुर्ण रुपमा जलेर नष्ट भएको छ भने ल्हाक्पा तामाङ र जित बहादुर तामाङको घरमा समेत आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

    बुद्धराजको घरबाट विद्युत सर्ट भई सुरु भएको आगोले नजिकै रहेको लहाक्पा र जित बहादुरको घरमा समेत क्षति पुगेको कार्यालयका सुचना अधिकारी एवं प्रहरी निरीक्षक राम किशोर शाहले जानकारी दिए ।

    आगलागीबाट बुद्धराजको २५ हजार नगदसहित घर पुर्ण रुपमा जलेर नष्ट हुँदा २७ लाख बराबरको क्षति भएको छ भने ल्हाक्पा र जित बहादुरको २०-२० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ