• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    मलमास सर्दा ०८० सालका सबै चाड कम्तिमा १५ दिन धकेलिने

    1.3K
    SHARES



    काठमाडौं । नयाँ वर्षमा हिन्दुहरुका सबैजसो चाड करिब १५ दिन पछाडि सर्ने भएका छन् । नयाँ वर्षको दसैं कात्तिकमा पर्ने भएको छ । हरितालिका तीजको व्रत असोजमा पर्न गएको छ ।

    २०८० सालको घटस्थापना असोज २८ गते हुनेछ । विजयादशमी कात्तिक ७ मा पर्ने छ । यो वर्षको घटस्थापना असोज १० मै परेको थियो ।

    त्यसै अनुरुप आउने वर्षको तिहार पनि करिब १५ दिन धकेलिने छ । साउनमा अधिक मास पर्न गएकाले सोही बमोजिम अरु चाड पछि सर्ने भएका हुन् ।

    श्रावण कृष्णपक्ष असार १९ बाटै सुरु हुनेछ । साउन २ देखि १६ गतेसम्म अधिक श्रावण कृष्णमास सुरु हुन्छ । फेरि साउन १७ देखि ३१ सम्म अधिक श्रावण कृष्णपक्ष परेको छ । फेरि साउन ३२ देखि भदौ १४ सम्म श्रावण शुक्लपक्ष परे अनुसार पात्रो बदलिएको छ ।

    असार १९ देखि भदौ १४ सम्म एउटै मास पर्न गएकाले यसलाई अधिक मास अर्थात् मलमास भन्ने गरिन्छ । भदौ १४ सम्म तिथिका आधारमा ‘श्रावण मास’ नै पर्ने भएको हुँदा आउने सालका सबै चाडहरु यो वर्षको भन्दा कम्तिमा १५ दिन पछाडि धकेलिन गएका हुन् ।

    यसरी धकेलिने क्रममा ०८० सालमा चैते दसैं नै नहुने भएको छ । ०८० सालको चतुर्थी तिथिमै चैत्र मास सकिने भएकाले चैते दसैं २०८१ सालको वैशाखमा सर्ने भएको हो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया