• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    लुम्बिनी

    लुम्बिनीका ७ मन्त्रीद्वारा शपथ ग्रहण

    1.4K
    SHARES



    काठमाडौँ। लुम्बिनी प्रदेश सरकारका ७ जना मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।

    दाङको राप्ती गाउँपालिका मौरीघाट्मा आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले हिजो शनिबार नियुक्त भएका मन्त्रीलाई शपथ दिलाएका हुन् ।

    पुनर्गठित मन्त्रिपरिषदमा एमालेबाट ३ जना, माओवादी केन्द्रबाट २ जना तथा राप्रपा र जनमत पार्टीबाट एक-एक जना नियुक्त भएका थिए ।

    समारोहमा आर्थिक मामिला मन्त्री जोखबहादुर महरा, भैतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारु, स्वास्थ्य मन्त्री विष्णुप्रसाद पन्थी, वन तथा वातावरण मन्त्री दुर्गाप्रसाद चौधरी, उद्योग,पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकीप्रसाद यादव, कृषि तथा भूमि व्यवस्था मन्त्री तुलसीराम शर्मा र सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले शपथ लिएका हुन् ।

    नव नियुक्त मन्त्रीहरुमा महरा र इन्द्रजित माओवादी केन्द्रका हुन् भने पन्थी, दुर्गाप्रसाद र शर्मा एमालेका हुन् । यस्तै मन्त्री यादव राप्रपाका र गुप्ता जनमत पार्टीका हुन् ।

    सरकारलाई समर्थन गरेको जसपा, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी भने तत्काल सरकारमा नजाने जनाइएको छ ।

    दिउँसो १ बजे प्रदेश सभा भवन परिसरमा हुने भनिएको कार्यक्रम हावा हुरीले मञ्च र टेन्ट भत्काइदिएपछि दुई घन्टा ढिला गरिसुरु भएको हो।

    यस्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले अधिवक्ता खुमाकान्त पौडेललाई मुख्य न्यायाधिवक्ता नियुक्तगरेका हुन् ।

    लुम्बिनी प्रदेश कानुन आयोगका पूर्व सदस्य रहेका पौडेललाई मुख्यमन्त्री गिरीले प्रदेश सरकारको मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरेका हुन् । पौडेल रुपन्देहीको तिलोत्तमाका बासिन्दा हुन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ