काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सक यलका राजनीतिक सल्लाहकार जाङ सङ मीन आज नेपाल आउँदै छन् ।
जाङ दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा वरिष्ठ सचिव रहेका छन् । उनले कोरियाली राष्ट्रपति युनको विश्वास पात्रका रुपमा काम गर्दै आएका छन् ।
जाङ विदेश मामिलाको नीति बनाउन कोरियाली राष्ट्रपतिलाई सहयोग गर्दै आएका छन् । आज अपराह्न जाङसहितको कोरियाली प्रतिनिधि मण्डल काठमाडौं आउने परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।
नेपाल बसाईका क्रममा जाङले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’, परराष्ट्र मन्त्री विमला पौड्याल, उद्योगमन्त्री दामोदर भण्डारीलगायतसँग भेट गर्ने कार्यक्रम रहेको छ । भोलि दिनभर उनले भेटघाट गर्ने छन् ।
जाङ नेतृत्वको टोली मंगलबार बंगलादेश प्रस्थान गर्ने परराष्ट्रका एक अधिकारीले बताएका छन् ।
प्रतिक्रिया