News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

आन्दोलनरत चिकित्सकसँग प्रधानमन्त्री कार्यालयमा वार्ता

324
SHARES


काठमाडौं । आन्दोलनरत चिकित्सकका प्रतिनिधि र सरकारी टोलीबीच वार्ता जारी रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बिहानैदेखि वार्ता जारी रहेको हो ।

वार्तामा सरकारको तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव डा. गणेश पाण्डे र चिकित्सकहरुको तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की नेतृत्वको टोली सहभागी रहेको छ।

प्रहरीबाट ट्रमा सेन्टरका एक चिकित्सक कुटिएको विरोधमा देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेर नेपाल चिकित्सक संघले आन्दोलन घोषणा गरेपछि समस्या समाधानका लागि वार्ता भइरहेको थियो । वार्तामा ट्रमा सेन्टरका निर्देशक रुद्र मरासिनीसमेत सहभागी छन् ।

 

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया