• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    चिकित्सकको आन्दोलनले बिरामी मर्कामा, यस्तो छ स्वास्थ्य मन्त्रालयको आदेश

    383
    SHARES


    काठमाडौं । नेपाल चिकित्सक संघको आह्वानमा देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द हुँदा बिरामीहरू मर्कामा परेका छन् ।

    काठमाडौंका बीर, टिचिङ लगायतका अस्पतालमा उपचारका लागि भन्दै बिरामी र तिनका आफन्त बिहानै टिकट लिन गएका छन् । तर आज ओपीडी सेवा बन्द भएको भन्दै अस्पतालका सुरक्षा गार्ड तथा कर्मचारीहरुले उनीहरुलाई फर्काइ रहेका छन् ।

    माघ २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका एक चिकित्सकलाई सुरक्षाकर्मीले लाठी प्रहार गरेर घाइते बनाएको भन्दै संघले आज १ दिन देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ ।

    नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीका अनुसार देशभरका सरकारी तथा गैरसरकारी र निजी अस्पताल, मेडिकल कलेज, प्रतिष्ठान लगायत सबै प्रकारका स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ ।

    यसैबीच स्वास्थ्य मन्त्रालयले गएराति विज्ञप्ति जारी गर्दै आन्दोलन फिर्ता लिन र नियमित सेवामा खटिन नेपाल चिकित्सक संघलाई आह्वान गरेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ