News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्तराष्ट्रिय

३५ वर्षपछि भूकम्पले खोल्यो आर्मेनिया र टर्कीबीचको सिमाना

512
SHARES


इस्तानबुल । आर्मेनिया र टर्कीबीचको सिमाना मार्ग ३५ वर्षपछि पहिलो पटक खोलिएको छ ।

भूकम्पबाट क्षतविक्षत भएको टर्कीलाई मानवीय सहायता परिचालनका निम्ति उक्त बाटो खोलिएको सरकारी अधिकारीले बताएका छन् ।

औषधि, खाद्य पदार्थ र पानी बोकेका पाँच वटा ट्रक एलिकन सीमाबा टर्की पुगेका आर्मेनियासँग वार्ता गरेका टर्कीका विशेष दूत सेरदार किलिकले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनले आर्मेनियाली राष्ट्रियसभाका उपाध्यक्ष रुबेन रुबिन्यानप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

गत सोमबारको सात दशमलव आठ म्याग्निच्युडको भूकम्पले टर्कीए र सिरियामा हालसम्म करिब २५ हजार बढी मानिसले ज्यान गुमाएका छन् भने हजारौँ घाइते भएका छन् । प्राकृतिक विपत्तिलाई दृष्टिगत गरी उक्त बाटो खोलिएको बताइएको छ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया