News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

आज आकस्मिकबाहेक सबै स्वास्थ्य संस्था बन्द

339
SHARES


काठमाडौँ । नेपाल चिकित्सक सङ्घले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवाहरू बन्द गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको सङ्घको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले सो निर्णय गरेको हो । राष्ट्रपति बिदादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका एक चिकित्सक माथि प्रहरीले गरेको हातपातको विरोधमा आज आकस्मिकबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

‘स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रको शान्ति सुरक्षाका नाममा भीभीआईपीको सवारीबाट आम सर्वसाधारणले पाइरहेको दुःख र सास्तीलाई सदाको लागि अन्त गरी उचित विधि स्थापित गर्न २८ गते बसेको सङ्घको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले गरेको निर्णयअनुसार मिति २०७९ माघ २९ गते आइतबार एक दिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक सेवाबाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेको छ’ विज्ञप्तिमा भनिएको छ ।

सो घटनामा दोषी भन्दै वरिष्ठ प्रहरी हवलदार शम्भुजंग गुरुङलाई भने निलम्बन गरिसकेको छ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया