पोखरा। पोखरा लेकसाइडस्थित सेल्वेज सपिङ सेन्टरको गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ।
शनिबार साँझ लागेको आगो केही समय अगाडि नियन्त्रणमा आएको कास्की प्रहरी प्रमुख एसपी अजय केसीले बाताए ।
लेकसाइड सपिङ सेन्टरभित्र रहेको सेल्वेजको अण्डरग्राउण्डमा आगलागी भएकाले निभाउन असहज भएको थियो ।
आगलागी के कारणले भयो भन्नेबारे अझै केहि खुलिसकेको छैन । आगलागी नियन्त्रण गर्न पोखरा महानगरपालिकादेखि अन्तर्राष्ट्रिय विमानस्थलसम्मका दमकलहरु प्रयोग गरिएको थियो ।
आगलागीले सपिङ सेन्टरभित्र रहेका अन्य पसललाई क्षति पुग्न नदिन सामान निकालेको एसपी केसीले बताए ।
उक्त सपिङ सेन्टरभित्र रेष्टुरेण्टदेखि विभिन्न पसल, एटिएम बुथ, हिमालय जाभाको कफी पसल लगायतका व्यवसाय संचालनमा रहेका छन् ।
प्रतिक्रिया