• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    निदाएका सैनिकमाथि गोली प्रहार, ४ जनाको मृत्यु 

    484
    SHARES


    फिलिपिन्स । फिलिपिन्सको दक्षिणी भागमा रहेको उत्तरी मिन्डानामा रहेको एक सैनिक शिविरमा शनिबार १ सैनिकले निदाएका अन्य सैनिकमाथि गोली प्रहार गर्दा चार सैनिकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएको फिलिपिन्सको सेनाले जनाएको छ ।

    हत्याका आरोपित सैनिकको पनि गोली लागी लागेरै निधन भएको छ । घटना दिउँसो १ः १० बजे भएको भने कागायन डे ओरो शहरको क्याम्प इभान्जेलिस्टा भित्र उक्त घटना भएको जनाइएको छ ।

    कमाण्ड ड्युटी अफिसर आर्मी मेजर एल्डन ब्रिनासका अनुसार चार पीडितको घटनास्थलमै मृत्यु भएको हो । शुरुमा गोली हानेपछि बन्दुकधारीले अर्को कोठामा प्रवेश गर्ने प्रयास गरेको तर अन्य सिपाहीहरूले आक्रमणकारीको बन्दुक कब्जा गरेर उसलाई नै गोली हानेको ब्रिनासले बताए ।

    अधिकारीका अनुसार गम्भीर घाइते सैनिकको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने गोली प्रहारको घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ