• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    लुम्बिनी

    लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद्ले पायो पूर्णता, को-को बने मन्त्री ?

    1.1K
    SHARES



    काठमाडौँ । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । लीला गिरी नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले शनिबार संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।

    प्रदेश प्रमुख कार्यालयका अनुसार आर्थिक मामिला मन्त्रीमा जोखबहादुर महरा बन्दा चेतनारायण आचार्य खानेपानी, ग्रामिण तथा शहरी विकासमन्त्री, इन्द्रजित थारु भौतिक पूर्वाधार विकास मन्त्री, विष्णु प्रसाद पन्थी स्वास्थ्यमन्त्री र कृष्णा केसी आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री बनेका छन् ।

    त्यस्तै दुर्गा प्रसाद चौधरी वन तथा वातावरण मन्त्री, जानकी प्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री, तुलसी राम शर्मा, कृषि तथा भूमि व्यवस्था मन्त्री बनेका छन् ।
    यस्तै चन्द्रदेव गुप्ता सामाजिक विकास मन्त्री नियुक्त भएको प्रदेश प्रमुख कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ