• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    जनताका आवश्यकता अनुसार विकासका काम गर्छुः मन्त्री पाण्डे

    879
    SHARES



    काठमाडौँ।  सहरी विकासमन्त्री विक्रम पाण्डेले जनताका आवश्यकता अनुसार विकासका काम गर्ने बताएका छन् ।

    भरतपुर महानगरपालिका-१५ स्थित सुर्यपुर आधारभूत विद्यालयको ५९ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै आज उनले जनताको विश्वास खेर जान नदिने गरी काम गर्ने बताएका हुन् ।

    ‘आफ्नो कार्यकालमा जनता र राज्यको पक्षमा काम गर्छु’, उनले भने, ‘कसैलाई काखा र कसैलाई पाखा नगरी समान दृष्टिले विकासका योजना अघि बढाउँछु ।’

    अर्को प्रसङ्गमा मन्त्री मन्त्री पाण्डेले सरकारी विद्यालयलाई निजीसँग प्रतिस्पर्धी बनाउने गरी काम गर्नुपर्ने समय आएको पनि बताए । यसका लागि फरक सोचका साथ विद्यालयलाई अघि बढाउनुपर्ने उनको भनाइ रहेको थियो ।

    कार्यक्रममा बाग्मती प्रदेशसभा सदस्य गीता गुरुङ, वडाध्यक्ष श्रीकृष्ण देवकोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद लम्साललगायतले आ-आफ्नो धारणा राखेका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ