News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

खेलकुद

अस्ट्रेलियामाथि भारतको इनिङ्स अन्तरको जित

591
SHARES


नागपुर। भारतले पहिलो टेस्टको तेस्रो दिन शनिबार अस्ट्रेलियालाई पराजित गरेको छ । भारत दुई दिनभन्दा बढी समयको खेल बाँकी छँदै एकपक्षीय जित निकाल्न सफल भनेको हो ।

अस्ट्रेलिया आफ्नो दोस्रो इनिङ्समा ९१ रन बनाएर अलआउट भएपछि एक इनिङ्स र १ सय ३२ रनले पराजित भएको हो ।

यससँगै भारतले चार टेस्टको शृंखलामा १–० को अग्रता लिएको छ । टेस्ट क्रिकेटमा भारतविरुद्ध अस्ट्रेलियाको दोस्रो सबैभन्दा कम स्कोर हो । रविचन्द्र आश्विनले ३७ रनमा ५ विकेट लिएपछि अस्ट्रेलिया तेस्रो दिन चिया सत्रको खेल अगाडि नै सस्तोमा अलआउट भएको हो । भारतका लागि मोहम्मद सामी र रविन्द्र जडेजाले दुई दुई विकेट लिए ।

अस्ट्रेलियाका लागि स्टिभ स्मिथले २५ रन बनाए र नटआउट रहे । यो नै अस्ट्रेलियाका लागि व्यक्तिगत उच्च स्कोर रहन पुग्यो ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया