• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    श्रीमान- श्रीमती एकै पटक शाखा अधिकृत !

    4.5K
    SHARES



    सुर्खेत । पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका-६ भडाचौरका मनबहादुर थापा (२६) र उनकी श्रीमती विना केसी (२६) नेपाल प्रशासन समूह शाखा अधिकृतमा एकै पटक सिफारिस भएका छन् ।

    एक अर्कालाई बुझ्दै-बुझाउँदै, कमी-कमजोरीलाई औँल्याउँदै अघि बढेका थापा दम्पती अहिले अन्य लोक सेवा आयोग प्रति रुचि राख्नेहरूका लागि प्रेरणाका स्रोत बनेका छन् ।

    सोमबार थापा दम्पतीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पदस्थापन गरिएको स्थायी नियुक्ति पत्र प्राप्त गरिसकेका छन् ।

    भनिन्छ, संघर्ष नै सफलता हो । एउटा लक्ष्यमा लगनशीलता, आत्मविश्वास र निरन्तरता दिन सके सफलता खोज्न कहीँ जानु पर्दैन । थापा दम्पतीको जीवनमा उक्त भनाइले सार्थकता पाएको छ ।

    मनबहादुरले यो भन्दा पहिला एक पटक शाखा अधिकृतको लागि प्रयास गरिसकेका थिए । तर उनी सफल भएनन् । दोस्रो पटक जसरी पनि शाखा अधिकृत बन्छु भन्ने उनमा दृढता संगै लगनशीलता र निरन्तर प्रयासले नतिजा आफ्नो पक्षमा आएको उनी बताउँछन् ।

    विना भने पहिलो प्रयासमै शाखा अधिकृतमा सिफारिस भएकी हुन् । यसअघि विना सुर्खेत जिल्ला अदालमा नासुमा कार्यरत थिइन् भने मनबहादुर आफ्नै गृह पालिका ठाटीकाँधमा अधिकृत स्तर छैटौँ तहमा कार्यरत थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ