• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    अटो मोबाइल्स विलासिताको नभइ आवश्यकताको वस्तु हो : अर्थमन्त्री पौडेल

    492
    SHARES



    काठमाडौँ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अटो मोबाइल्स विलासिताको वस्तु नभइ आवश्यकताको वस्तु भएको बताए ।

    शुक्रबार नाडा अटो मोबाइल्स एशोसिएसन नेपालको ४६ औं वार्षिक साधरणसभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले अटोमोबाइल्सलाई विलासिताको वस्तुको परिभाषा गर्न नहुने बताएका हुन् ।

    उनले राज्यले सडक पूर्वधारमा अर्बौं लगानी गरेको भन्दै त्यसमा गुड्ने साधनलाई सरकारले विलासिताको ट्याग लगाउन नमिल्ने बताए ।

    ‘नाडा अटोमोबाइल्स एशोसिएशनले माग गर्दै आएको यातायात विलासिताको साधन होइन । आवश्यकताको वस्तुको रुपमा वर्गिकरण गर्नुपर्छ भन्ने चाहना छ’, उनले भने, ‘अटोमोबाइल्समा विलासिताका सवारी साधन पनि होलान् । तर अटोमोबाइल्स विलासिताको वस्तु होइन । यो आवश्यकताको वस्तु हो ।’

    अर्थमन्त्री पौडेलले एक समयमा मोबाइल फोनको प्रयोग विलासिताको वस्तु मानिने भएपनि अहिले मोबाइल फोन अपरिहार्य वस्तुभित्र परिरहेको भन्दै अटोमोबाइल्स पनि अपरिहार्य वस्तुको रुपमा समय अनुसार परिवर्तन हुने विश्वास व्यक्त गरे ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ