News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु फैलिदै, सतर्कता अपनाउन महानगरको आग्रह

439
SHARES


काठमाण्डाै। काठमाण्डौ उपत्यकामा बर्ड फ्लु देखिएपछि फैलिने जोखिम बढेको भन्दै ललितपुर महानगरपालिकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

महानगरपालिकाको पशु शाखाले विज्ञप्ति निकालेर पंक्षी पालेको ठाउँमा नियमित सरसफाइ गरी निसङ्क्रमण गर्न आग्रह गरेको हो ।

घरपालुवा पंक्षीलाई खुला नछोड्न र जङ्गली तथा अन्य चराहरुको सम्पर्कमा पुग्न नदिन, पशुपक्षी फार्ममा जैविक सुरक्षा घेरोको व्यवस्था गर्न, मरेका पक्षीलाई गहिरो खाल्डोमा पुर्न तथा प्रयोग भइसकेका पुराना क्रेट, बोरा जस्ता सामग्री आफ्नो फार्ममा प्रयोग नगर्न र अस्वाभाविक रुपमा पंक्षी बिरामी भएमा तत्काल नजिकैको पशु सेवा कार्यालयमा सूचना दिन आग्रह गरिएको छ ।

काठमाण्डौ उपत्यकामा अहिले पंक्षीको टाउको सुन्निने, सिउर लोती निलो, कालो हुने र धेरै सङ्ख्यामा एकै पटक मर्ने जस्ता समस्या देखिएको छ ।

बर्ड फ्लु अत्यन्तै छिटो फैलिने र मानिसमा समेत सर्न सक्ने रोग भएकाले सचेत हुन विज्ञहरुको आग्रह छ । काठमाण्डाै उपत्यकाका ३ ठाउँमा बर्ड फ्लु पुष्टि भइसकेको पनि कनाइएको छ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया