News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति

समाजवादको लक्ष्यमा पुग्ने हो भने सबै भन्दा पहिला मिडिया हाउसहरू गैरनाफामुलक हुनपर्छ : मुकुल ढकाल

540
SHARES


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकाल समाजवादको व्याख्याको क्रममा आफुहरु शिक्षा र स्वास्थ्यमा व्यापारिकरण नभइ गैरनाफामुलक हुनु पर्नेमा सधै जोड दिने गरेको बताएका छन् ।

ढकालले शनिवार सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो बताएका हुन् । ढकाल भन्छन् ‘समाजवादको लक्ष्यमा पुग्ने कार्यदिशातर्फ अघि बढ्ने हो भने शिक्षा र स्वास्थ्यभन्दा पहिला मिडिया हाउसहरू (सञ्चार गृहहरू) गैरनाफामुलक हुनपर्छ, यिनीहरूमा व्यापारिक लगानी हुँदा जनतासम्म सूचना सत्य र तटस्थरूपमा पुग्न सक्दैनन् , लोकतन्त्रलाई व्यापारीहरूले आफूँखुशी व्याख्या गर्छन् र जनतालाई मन्द विष खुवाउँदै दलालितन्त्रतर्फ ढकेल्छन् । पार्टीको नीति र विचार, र पार्टीले अङ्गिकार गरेको संवैधानिक समाजवादको व्याख्या गर्ने क्रममा हामी पार्टीभित्र यस विषयमा घनिभुत छलफल गर्छौँ । यसमा राष्ट्रिय बहस आवश्यक छ र मेरो विचारमा मुलुकमा जति चाँडो सञ्चार गृहहरू गैरनाफामुलक हुन्छन्, नेपाली समाज त्यति चाँडो शुद्धिकरणको दिशामा अघि बढ्छ ।’

एसअघि पत्रकार सम्मलेन गरेर रास्वपाका सभापति रवि लामिछानेले सरकारबाट राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिने क्रममा आफूले दुखाइरहेको मनको भडास पोख्दा त्यसले धेरै विवाद र बहस निम्त्याइरहेको छ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया