• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    भ्रष्टाचार आरोपमा एक सांसद् पक्राउ

    393
    SHARES


    बेल्जियम। भ्रष्टाचार अभियोगमा युरोपेली संसद्का एक जना सदस्य पक्राउ परेका छन् । भ्रष्टारको अभियोग लागेका बेल्जियमाका सांसदको बैंक सेफ खोजविन गरेपछि सोधपुछका लागि उनलाई पक्राउ गरिएको हो ।

    बेल्जियमका संघीय अभियोजनकहरूले आज लिज शहरमा सांसद मार्क ताराबेलामा छापा मारेको थियो । उनलाई सोधपुछका लागि हिरासतमा लिइएको छ । उनले आफू निर्दोष भएको दाबी गर्दै आएका छन् । उनले सफाइ दिने मौका पाउनुपर्नेमा जोड दिँदै आएका छन् ।

    भ्रष्टाचारको आशंकामा बेल्जियमका अधिकारीहरूले तीन जनालाई हिरासतमा लिइसकेका छन् । सोह्र लाख अमेरिकी डलर नगद भ्रष्टाचार गरेको अभियोगमा उनीहरूसहित संसद्का सहयोगीलाई गत डिसेम्बरमा पक्राउ गरिएको थियो ।

    हिरासतमा लिइएकामध्ये एक जना अभियुक्तका प्रेमी हुन् भने अर्का पूर्व सांसद हुन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ