• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    टर्की भूकम्प : मर्नेको सङ्ख्या २२ हजार ३ सय नाघ्यो

    739
    SHARES



    अनकारा । टर्की र सिरियामा पाँच दिनअघि गएको भूकम्पपछि राहत र उद्धार कार्य जारी छ ।

    विश्वभरका राहत एजेन्सीहरू दुवै देशमा राहत कार्यमा संलग्न छन् । घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ । यद्यपि मृतकको सङ्ख्या लगातार बढिरहेको छ ।

    हालसम्म भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २२ हजार ३ सय नाघेको छ । यसैबीच टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोगान र सिरियाली राष्ट्रपति बसर अल असदले भूकम्प प्रभावित क्षेत्रको भ्रमण गरेका छन् ।

    अर्दोगानले सोमबारको भूकम्पपछि सरकारले राहतको काममा अपेक्षित तीव्रता दिन नसकेको स्वीकार गरेका छन् । उता सिरियामा भूकम्पपीडितका लागि गएको राष्ट्रसंघीय राहत टर्कीको क्रसिङ प्वाइन्टमा पुगेको छ ।

    तर राहत सामग्री ढिलो आउनुको कारणले राहतकर्मीमा निराशा छ । सिरियाको नागरिक रक्षा संगठन ह्वाइट हेल्मेट्सले सिरियाको अवस्था ‘धेरै विनाशकारी’ भएको बताएको छ ।

    दुबै देशका उद्धारकर्मीहरूले भग्नावशेषमा फसेका मानिसहरूलाई खोज्न सक्दो प्रयास गरिरहेका छन्। तर, अहिले यसमा बाँच्ने आशा घट्दै गएको छ । यद्यपि केही चमत्कारहरू पनि भइरहेका छन् ।

    उदाहरणका लागि, टर्कीको दक्षिणी हाते प्रान्तमा एउटा पाँच तले भवनमा पुरिएका छ जना मानिसलाई जिउँदै बाहिर निकालिएको छ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ