• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    ८ जना मेडिकल अधिकृतद्वारा सामूहिक राजीनामा

    580
    SHARES



    काठमाडौँ । सुनसरीको इनरुवा अस्पतालका ८ जना मेडिकल अधिकृतले सामूहिक राजीनामा दिएका छन् ।

    चिकित्सकहरूलाई मानसिक तनाव दिने तथा गाली गलौज गर्ने र धम्काउने व्यक्तिलाई मेडिकल सुपरिटेन्डेन्टले नै मौन समर्थन गरेको भन्दै उनीहरुले शुक्रवार समूहिक राजीनामा बुझाएका हुन् ।

    सामूहिक राजीनामा बुझाउनेमा चिकित्सकहरूमा डाक्टर महेशकुमार शाह, डा. रतिकुमार यादव, डा. आशिष देव, डा. अभिषेककुमार सिंह, डा. श्रेया पंगेनी, डा. कृतिका हमाल, डा. दीपेन्द्र मेहता र डा. वीरेन्द्र मण्डल रहेका छन् ।

    पटक पटक गाली गलौज, धम्की दिई मानसिक यातना दिएको कुरा सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, नेपाल मेडिकल एसोसिएसन र अस्पताल व्यवस्था समितिलाई समेत जानकारी गराइएको पत्रमा उल्लेख छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ