काठमाडौँ। सीमावर्ती बजारमा भारतीय रुपैयाँको भाउ घटेपछि उल्टै भारतीय बजारबाट नेपाली रुपैयाँ अवैध रुपमा भित्रिन थालेको छ । यसअघि भारु अवैध रुपमा भित्रिने गरेको थियो ।
भारतको जोगवनी बजारमा अहिले भारु एक सय नेरु १ सय ५५ रुपैयाँमा बिक्री हुँदै आएको छ । यसअघि एक सय भारु कम्तीमा एक सय ६५ रुपैयाँ नेरुमा बिक्री हुँदै आएको थियो ।
जोगवनी बजारबाट ९ लाख २० हजार नेपाली रुपैयाँ लिएर आउँदै गरेका विराटनगर १५ का रंजीतकुमार साहलाई मोरङ प्रहरीले पक्राउ गरेपछि सीमावर्ती बजारबाट नेपाली रुपैयाँको तस्करी सुरु भएको पुष्टि भएको छ ।
प्रतिक्रिया