काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयनका ७ वर्षमा राजनीतिक स्थायित्व कायम भएको बताइन् ।
आज शुक्रबार संघीय सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै भण्डारीले संविधानको कार्यान्वयनका लागि सात वर्षको अभ्यास निकै महत्त्वपूर्ण भएको बताएकी हुन् ।
‘संविधान कार्यान्वयनमा ७ वर्षको अभ्यासमा निकै महत्त्वपूर्ण छ । संघीय लोकतन्त्रको आधारमा स्तम्भ संस्थागत भएका छन् ।
संविधान कार्यान्वयन, शासन व्यवस्था सञ्चालन र लोकतन्त्रको व्यवहारिक सुदृढीकरणका लागि हामीले अबलम्बन गरेको नीति, निर्माण गरिएको कानुन र प्रक्रियागत सुधारका कारण राजनीतिक स्थायित्व कायम भएको छ,’ भण्डारीले भनिन्, ‘देशको राजनीतिले एउटा गति र लय समातिसकेकाले अब हाम्रो ध्यान विकास, समृद्धि र जनतालाई सुसी बनाउनेतर्फ केन्द्रित हुनुपर्दछ भन्ने मैले ठानेको छु । संविधानले मार्ग दर्शनगरे बमोजिमको स्वतन्त्र र समृद्ध अर्थतन्त्र विकास गर्ने सन्दर्भमा राज्यको संयुक्त अंगहरुले संकल्प गरी त्यसको कार्यान्वयमा परिचालित गर्नु पर्दछ भन्ने मलाई लागेको छ ।’
सम्बोधनको क्रममा भण्डारीले देशको आर्थिक, राजनीतिक क्षेत्रमा धेरै नै प्रगति भएको बताएकी छन् । तर यसलाई थप विकसित गर्नुपर्ने उनको भनाइ थियो ।
प्रतिक्रिया