News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

पूर्वन्यायाधीश उपाध्याय नक्कली शैक्षिक प्रमाणपत्रमा दोषी ठहर

821
SHARES


काठमाडौँ। २०६३ असार २३ गते न्यायाधीशमा नियुक्त भएका पूर्वन्यायाधीश ओमकार उपाध्याय नक्कली शैक्षिक प्रमाणपत्रमा दोषी ठहर भएका छन् ।

विशेष अदालतका न्यायाधीशहरू यमुना भट्टराई‚ बलभद्र बास्तोला र खुसीप्रसाद थारुको संयुक्त इजलासले बिहीबार पूर्वन्यायाधीश उपाध्यायलाई नक्कली प्रमाणपत्रमा दोषी ठहर गरेको हो ।

उपाध्यायले भारतबाट स्नातक उत्तीर्ण गरेको प्रमाणपत्र ल्याएर नेपाल ल क्याम्पसबाट बीएल गरेका थिए । उनीविरुद्ध २०७६ जेट १९ मा न्यायपरिषद्ले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

मुद्दा दर्ता हुँदा उपाध्याय जिल्ला अदालत तनहुँमा न्यायाधीशको रुपमा कार्यरत रहेका थिए । मुद्दा दर्ता भएपछि उनले राजीनामा पनि दिएका थिए ।

न्यायपरिषद्‌मा उजुरी परेपछि अनुसन्धानको क्रममा भारतबाट ल्याएर स्नातक उत्तीर्ण गरेको प्रमाणपत्र नक्कली ठहर भएको थियो ।

उपाध्यायलाई दोषी ठहर गर्दै इजलासले उनलाई ३ हजार रुपैयाँ जरिवाना तोकेको अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले बताए ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया