• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    एमालेले २ महिने सङ्गठन सुदृढीकरण अभियान चलाउने

    879
    SHARES


    काठमाण्डाै। नेकपा एमालेले सङ्गठनात्मक सुदृढीकरणका लागि दुई महिने विशेष अभियान सञ्चालन गर्ने भएको छ ।

    बिहीवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टीको वैचारिक र सङ्गठनात्मक सुदृढीकरणका लागि भन्दै दुई महिने विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

    ‘मिसन ग्रासरुट’ नाम दिइएको अभियान देशभर फागुन र चैत महिनाभर चल्ने एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । उनले पार्टीलाई वैचारिक र सङ्गठनात्मकरूपमा जगैदेखि बलियाे बनाउनका लागि अभियान सञ्चालन हुन लागेको बताएका छन् ।

    अभियानका क्रममा पार्टीका सम्पूर्ण केन्द्रीय सदस्यलाई पालिकामा खटाइने उपमहासचिव ज्ञवालीले बताए ।

    केन्द्रीय सदस्यहरूलाई पार्टी सदस्यको सदस्यता नवीकरण गर्ने, प्रशिक्षण गर्ने, जनप्रतिनिधि र पार्टी कमिटीका सम्बन्ध सुव्यवस्थित गर्ने, पार्टी र समाजमा विशेष योगदान गरेका व्यक्तिलाई सम्मान गर्ने, राय सुझाव लिने लगायतका ११ वटा काम दिएर खटाइने उनले भने ।

    अभियान फागुन ५ गतेदेखि औपचारिकरूपमा सुरु हुने उनले जनाए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ