काठमाडौँ । प्रधानसेनापति र चिनियाँ राजदूतबीच भेटवार्ता भएको छ ।
बिहीबार सेनापति प्रभुराम शर्मा र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको हो ।
प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास सेनाले लिएको छ ।
यस्तै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश सभामा सम्बोधन गरिरहेका छन् ।
बिहीबार अपरान्ह ४ बजेबाट सुरु भएको सुदूरपश्चिम प्रदेशसभा बैठकमा मुख्यमन्त्री रावलको सम्बोधन जारी रहेक छ । उनले सुदूरपश्चिमको विकासका सन्दर्भमा विस्तृतमा आफ्नो धारणा राखिरहेका छन् ।
सरकार गठन भएको एक महिनामै नागरिक उन्मुक्ति पार्टीले साथ छाडेपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलको पद धरापमा परेको छ ।
प्रतिक्रिया