• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    सुदुरपश्चिम

    सुदूरपश्चिम प्रदेश सभाको बैठक नागरिक उन्मुक्तिको उपस्थित बिना बैठक सुरु

    499
    SHARES


    काठमाडौँ। सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलको भाग्य फैसला गर्ने प्रदेश सभाको बैठक नागरिक उन्मुक्ति पार्टीको उपस्थित बिना सुरु भएको छ ।

    अपह्वान ४ बजे सुरु भनिएको बैठक केही ढिलो गरी सुरु भएको हो । बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने छन् । सो प्रस्तावमाथि छलफल पछि सभामा मत विभाजन हुने छ ।

    मुख्यमन्त्री नियुक्ति हुँदा नागरिक उन्मुक्तिको समेत समर्थन पाएका रावलले सो पार्टीको विश्वासको मत भने पाउने सम्भावना कम देखिन्छ ।

    नागरिक उन्मुक्तिका सांसद राजधानीमा रहेका छन् । गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका रावलले एमालेसहित, माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपाका सांसदको समर्थन पाएका थिए ।

    संवैधानिक व्यवस्था अनुसार उनले एक महिनाभित्र वा बिहीबारसम्म विश्वासको मत लिइसक्नुपर्ने छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ