• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    सुदुरपश्चिम

    धनगढीका अवैध क्लिनिकमा म्याद नाघेका औषधी भेटिएपछि…

    465
    SHARES


    काठमाडौँ। धनगढी उपमहानगरपालिकाभित्रै अवैध क्लिनिक सञ्चालनमा रहेको पाइएको छ। अनुमति बिना सञ्चालित औषधि बिक्री गरेको भन्दै औषधि व्यवस्था बिभाग नेपालगञ्जले धनगढीका दुई औषधि पसलमा शिल गरेको छ ।

    विभागले बुधबार गरेको अनु्गमनका क्रममा अनुमति नलिएरै औषधि बिक्री गरेको पाइएपछि शिल गरिएको हो। धनगढी बजारका दुई मेडिकल दर्ता नभएको, सिफासिमा नपरेका औषधी बेच्ने गरेको लगायतका कैफियत फेला परेपछि अनुगमन टोलीले ती मेडिकल शिल गरेको जनाएको छ ।

    औषधी व्यवस्था विभाग नेपालगञ्जका फारर्मेसी अधिकृत निरीक्षक दिपेन्द्रकुमार शाहका अनुसार धनगढी उपमहानगरपालिका-७ मा रहेको जेपी क्लिनिक र सोहि वडाको एस.आर पारा क्लिनिकलाई शिल गरिएको हो ।

    जेपी क्लिनिक दर्ता नै नभएको र एस.आर पारा क्लिनिले दर्ता नगरिएको र सिफारिस नगरिएका औषधी बेच्ने गरेको पाइएपछि दुबै औषधि पसल शिलबन्दी गरिएको शाहले बताए ।

    औषधी व्यवस्था विभागका प्रतिनिधि शाहसहित जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत रविन्द्र ओखेडा, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधी र स्थानीयको रोहबरमा क्लिनिकहरु शिल गरिएको छ।

    अनुगमन समितिले धनगढीका अन्य दुई वटा मेडिकलमा म्याद नाघेका औषधी र बेच्न सिफारिस नभएका औषधीको बिक्री वितरण गर्ने गरेको फेला पारेपछि ती मेडिकलमाथि पनि कारवाहीको प्रक्रिया अघि बढाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ