News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

लुटपाटको उद्देश्यले ध्रुवको हत्या, ३२ बर्षिया थापा पक्राउ

447
SHARES


काठमाडौं । मंगलबार विहान काठमाडौको गौशाला नजिकै रुद्रनगरमा मृत भेटिएका पुरुषको हत्या भएको नुसंधान बाट खुलेको छ ।

प्रहरीले हत्या आरोपमा मोरङका ३२ बर्षिया रामबहादुर थापालाई पक्राउ गरेको छ । उनले लुटपाट गर्ने उद्देश्यले हत्या गरेको खुलेको जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए ।

प्रहरीले हत्या भएको व्यक्तिको पनि पहिचान गरेको छ । उनी वीरगञ्ज घर भई टोखा बस्ने ध्रुवबहादुर खड्का भएको प्रहरीले बताएको छ ।

एसएसपी कार्कीका अनुसार थापाले खड्कासँग भएको नगद र सामान लुट्ने उद्देश्यले कुटपिट गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

थापाले गौशालाको रुद्रनगर शान्ति मार्गमा खड्काको छातीमा दुबै खुट्टाले हानिरहेको नजिकैको सीसीटीभी फुटेमा पनि देखिएको प्रहरीले बताएको छ ।

प्रहरीले थापाको साथबाट लुटिएको मोवाइल र पर्स पनि बरामद गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालका अनुसार थापाले धेरै पैसा हुन सक्ने अनुमान गरेर आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

तर पैसा केही हजार मात्र भेटिएको पाइएको प्रहरीले जनाएको छ । हत्या आरोपमा पक्राउ परेका थापा यसअघि २०७७ सालमा गाजा सहित पक्राउ परेका थिए ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया