News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति

मधेसी मोर्चा बनाउन लोसपाको पहल

408
SHARES


काठमाडौँ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले मधेस केन्द्रित दलहरूको बीचमा सहकार्य गर्न मधेसी मोर्चा बनाउनका लागि पहल थालेको छ ।

सडक र सदनमा संगठित रुमपा मधेसको पक्षमा आवाज उठाउनका लागि मोर्चाको आवश्यकता महसुस गर्दै लोसपाले त्यसको पहल थालिएको बताइएको छ । लोसपाको पदाधिकारी बैठकले गठबन्धन वा मोर्चा बनाउने जिम्मेवारी पार्टी अध्यक्ष ठाकुरलाई दिएको हो ।

लोसपाका कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लाले यसअघि मधेस आन्दोलनलगायत विभिन्न संघर्षका लागि मधेसी मोर्चाले काम गरेकाले पुनः त्यस्तै मोर्चाको आवश्यकता रहेको बताए ।

उनले मधेसवादी शक्तिहरू संगठित नभएको कारणले मधेसका मुद्दाहरू कमजोर हुँदै गइरहेको पनि बताए । मधेसका मुद्दालाई व्यवस्थित ढंगबाट उठाउन गर्न दलहरू संगठित हुनुपर्ने र त्यसको पहलकदमी आफ्नो पार्टीले लिने उनलेउनको भनाइ छ ।

उनले भने, ‘मधेसमा अहिले जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी क्रियाशील छन् ।

यी चारै दललाई एक ठाउँमा ल्याउने हाम्रो प्रयास हुनेछ ।’ जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीसँग प्रारम्भिक छलफल भएको र जसपासँग अध्यक्ष ठाकुरलाई कुरा गर्ने जिम्मेवारी दिएको उनले बताए । उनले यसमा जनमत र उन्मुक्ति पार्टी सकारात्मक रहेको पनि बताए ।

विगतमा मधेसवादी दलहरू मिल्नाले परिणाम सकारात्मक आएको भन्दै उनले अहिले अलग हुँदा मधेसका मुद्दा पनि कमजोर हुँदै गएको बताए ।

उनले चुनाव अघि पनि मधेसवादी दलबीच गठबन्धन बनाउने प्रयास आफूहरूबाट भएपनि अन्य दलहरुले कुनै ध्यान नदिएका कारण सम्भव नभएको बताए ।

लोसपाले गठबन्धनका लागि पहल थालेको बताउँदै उनले तत्कालै एकताको कुरा भने नहुने बताए । उनले सुरुमा सहकार्य गरेर सँगै काम गर्ने र वातावरण, तालमेल मिल्दै गएपछि एकताको लागि पनि सोच्न सकिने उनको भनाइ छ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया