• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    फागुनभित्र मोटरसाइकलको कर बुझाउनेलाई ५ वर्षको जरिवाना छुट

    671
    SHARES


    काठमाडौँ। फागुन महिनाभित्र मोटरसाइकलको कर तथा नवीकरण शुल्क भुक्तानी गर्दा ५ वर्षसम्मको जरिवाना छुट हुने भएको छ । यातायात व्यवस्था कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै जरिवाना छुटको घोषणा गरेको हो ।

    आर्थिक वर्ष २०७०/७१ देखि २०७५/७६ सम्म नवीकरण नभएका सवारीधनीले २०७९ फागुन मसान्तभित्र कर बुझाएमा सो अवधिको जरिवाना छुट गरिने कार्यालयले जनाएको छ ।

    कार्यालयले आफ्नो नामको सवारीसाधनको समयमै नवीकरण गरी कर भुक्तानी गर्न सबैलाई आग्रह पनि गरेको छ । साथै ट्राफिक कारबाहीमा परी सवारीसाधन नियन्त्रणमा रहेकाहरुलाई पनि अविलम्व कर भुक्तानी गरी जरिवाना छुटको लाभ लिन कार्यालयले आग्रह गरेको छ ।

    कार्यालयको सिचानामा भनिएको छ ‘सवारीसाधन कर नवीकरण शुल्क र दण्ड जरिवानाको रकमबाट कुनै पनि वहानामा उन्मुक्ति नमिल्ने भएकाले समयमा नै सवारीसाधनको कर तथा बक्यौता रकम भुक्तानी गर्नुहुन अनुरोध गरिन्छ ।’

    अन्यथा कर भुक्तानी नगरेकाकाे लगत संकलन गरी कडाईका साथ जरिवाना समेत उठाइने कार्यालयकको भनाइ रहेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ