News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सुदुरपश्चिम

मन्त्री भण्डारी भन्छन् : गठबन्धनमा फाटो ल्याउन राष्ट्रिय सहमतिको गीत गाइदैछ

573
SHARES


काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सत्ता गठबन्धनमा फाटो ल्याउन राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्ने विचारहरु सार्वजनिक हुन थालेको टिप्पणी गरे ।

बिहीबार प्रेस चौतारी कैलालीले धनगढीमा गरेको पत्रकार सम्मेलनमा उनले तस यस्तो योजना सफल नहुने बताएका हुन् । राष्ट्रपतिमा राष्ट्रिय सहमतिको कुरा चर्चाका लागि मात्र गरिएको भन्दै पद विशेषमा राष्ट्रिय सहमतिको कुरा गर्नु अर्थहीन हुने बताए ।

‘५० लाख युवाहरुलाई स्वदेश फर्काउन, व्यापार घाटा न्यूनीकरण गर्न, आजको आधारभूत आवश्यकतालाई सम्बोधन गर्न राष्ट्रिय सहमतिको आवश्यकता हो ’, भण्डारीले भने, ‘तर कुनै पद विशेषमा राष्ट्रिय सहमतिको गीत गाउनुको उद्देश्य अहिलेको गठबन्धनमा फाटो ल्याउने प्रयास हो, यसलाई सफल हुन दिदैनौँ ।’

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया