News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्तराष्ट्रिय

युक्रेनका राष्ट्रपति जेलिन्स्की अकस्मात फ्रान्स भ्रमणमा

551
SHARES


फ्रान्स । युक्रेनका राष्ट्रपति अकस्मात फ्रान्सको भ्रमणमा पुगेका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले फ्रान्सको भ्रमण गर्ने कार्यक्रम पहिले नै तय नभएको भए पनि उनी बुधबार अकस्मात फ्रान्स पुगेको जनाइएको छ ।

संयुक्त अधिराज्यको भ्रमणपछि उनी अकस्मात पेरिस पुगेका युक्रेनी राष्ट्रपतिको कार्यालयले बुधबार जारी गरेको एक सूचनामा जनाएको छ ।

राष्ट्रपति जेलिन्स्किीले बुधबार नै फ्रान्सेली राष्ट्रपति इमानुअल म्याक्रोँसँग भेटवार्ता पनि गरेका छन् । त्यसैगरी उनले जर्मन चान्स्लर ओलफ स्कल्जसँग पनि पेरिसमा नै भेटवार्ता गरेका थिए । उनीहरुका बीचमा बुधबार त्रिपक्षीय वार्ता भएको सो समाचारमा भनिएको छ ।

त्यसैगरी उनीहरु तीनैजना बुधबार राति रात्रिभोजमा पनि सहभागी भएको जनाइएको छ । त्यस अवसरमा युक्रेनका राष्ट्रपति जेलिन्स्किीले युक्रेनको हालको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

सो जानकारी पछि गएको वर्षदिनदेखि रुसले आक्रमण गरी समस्यामा परेको युक्रेनका लागि के कस्तो सहयोग पुर्याउन सकिन्छ भन्ने बारेमा पनि कुराकानी भएको बताइएको छ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया