• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सिंहदरबारमा पहिलो पटक मेलम्चीको पानी

    632
    SHARES


    काठमाडौं। मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा पहिलो पटक मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरु भएको छ । बुधबार पानी वितरण कार्यको परीक्षण गरिए पनि बिहीबारदेखि नियमित रूपमा वितरण कार्य सुरु गरिदै छ ।

    यसअघि काठमाडौँ उपत्यकामा दुई पटक मेलम्चीको पानी वितरण गरिए पनि सिंहदरबारमा वितरण हुन सकेको थिएन । खानेपानी मन्त्रालयले सिंहदरबारभित्रका सरकारी कार्यालय तथा निकायमा चौबिसै घण्टा उपलब्ध हुने गरी मेलम्चीको पानी पठाउने तयारी गरिएको छ ।

    यसअघि नवनियुक्त खानेपानीमन्त्री अब्दुल खानले पदभार ग्रहण गर्ने क्रममा सिंहदरबारभित्र ट्याङ्क, जार र बोतलको पानीको आपूर्ति बन्द गरी मेलम्चीको पानी वितरणको व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।

    काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) बानेश्वर वितरण केन्द्रका प्रमुख विजय विश्वकर्माले बिहीबार बिहान १० बजेदेखि सिंहदरबारमा नियमित रूपमा मेलम्चीको पानी वितरण सुरु गरिने बताएका हुन् । उनले त्यसका लागि आवश्यक सबै तयारी पूरा गरिएको जनाए ।

    उनका अनुसार सिंहदरबारमा मेलम्चीको पानी वितरणका लागि आयोजनाको अनामनगर पानी भण्डारण केन्द्रबाट दुई सय एमएमको थोक वितरण पाइप सिंहदरबारमा पठाइएको छ ।

    सोही पाइपमा १५० एमएमको ६७० मिटर पाइप जडान गरी सिंहदरबारको पूर्वी गेटमा रहेको केयूकेएलको ट्याङ्कीमा पानी खसालिएको र त्यही ट्याङ्कीबाट सिंहदरबारमा पानी वितरण सुरु गरिएको हो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ