दार्चुला। दार्चुलाको महाकाली नदीमा बगेका वृद्धकाे ज्यान गएकाे छ ।
बुधवार दार्चुलाकाे खलङ्गा बजार नजिक महकाली नदीमा बगेका ७० वर्षीय वीरसिंह बडालको उपचारका क्रममा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ ।
दार्चुलाको महाकाली नगरपालिका २ पन्डोरा घर भएका बडाललाई स्थानीयले महाकाली नदीमा बगिरहेको अवस्थामा देखेका थिए र लगत्तै प्रहरी र सशस्त्र प्रहरीलाई खबर गरेर उद्दार गरेका थिए ।
बुधवार दिउँसाे २ बजेतिर सशस्त्र प्रहरीले बडालकाे उद्धार गरे पनि उपचारका क्रममा जिल्ला अस्पताल दार्चुलामा ज्यान गएकाे प्रहरी निरीक्षक जगत गाहामगरले बताएका छन् ।
मृतक बडालले जाँड-रक्सी खाएकाे र शौच गर्न महाकाली नदी किनारमा गएपछि नदीले बगाएको प्रारम्भिक अनुसन्धान बाट खुलेको पनि उनले बताए ।
प्रतिक्रिया