• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति समाचार

    मूल्य वृद्धिविरुद्ध सङ्घर्षमा उत्रिन नेकपा (बहुमत) द्वारा जनतालाई आह्वान

    596
    SHARES


    काठमाडौँ। नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको प्रति नेपाल  कम्युनिस्ट पार्टी (बहुमत) ले निन्दा र भत्र्सना गर्दै यसखाले जनविरोधी कार्यको सशक्त विरोध गर्न आमजनतालाई अपिलसमेत गरेको छ ।

    पार्टीका प्रवक्ता सुदर्शनले मङ्गलबार विज्ञप्ति प्रकाशित गरी नेपाल आयल निगमले २०७९ माघ २३ गते राती १२ः०० (बाह्र) बजेबाट लागू हुने गरी इन्धनको मूल्य फेरि बढाएको प्रति निन्दा र भत्र्सना गर्दै यसखाले जनविरोधी कार्यको सशक्त विरोध गर्न आमजनतालाई हार्दिक आह्वान गरेका हुन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘नेपाल आयल निगमले हिजो राती १२ः०० (बाह्र) बजेबाट लागू हुने गरी इन्धनको मूल्य फेरि बढाएको छ । मूल्य वृद्धिको कारणबारे पुरानै तर्क ‘नेपाल सरकारलाई ऋण तिर्नुपर्ने’ तथा ‘इन्डियन आयल कर्पोरेसनलाई बक्यौता तिर्नुपर्ने’ बताइएको छ ।

    इन्धनको मूल्य वृद्धिले समग्र क्षेत्रको मूल्य वृद्धिमा सबैभन्दा बढी प्रभाव पार्ने भएकाले पछिल्लो समयमा आमजनताको दैनिक जीवन महँगीको भारले अचाक्ली थिचिएको छ ।’

    विज्ञप्तिमा अगाडि भनिएको छ, ‘अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा बढाउने र घट्दा घटाउने ‘स्वचालित नियम’ विपरीत नेपाल आयल निगमले गरेको यो पछिल्लो मूल्य वृद्धि सातौँपटकको हो । खरिद मूल्यको तुुलनामा करिब १ सय प्रतिशतको हाराहारीमा गरिएको मूल्य वृद्धि कालोबजारीको एक चरम नमुना हो ।

    बर्सौैंसम्म एउटै कारण बताएर पटकपटक मूल्य वृद्धि गरिरहनु र जतिपटक मूल्य बढाए पनि ऋण चुक्ता कहिल्यै नहुनुको रहस्यका बीच नेपाल आयल निगमभित्रको चरम भ्रष्टाचार एवम् त्यसमा सरकार तथा ठूला राजनीतिक दलहरूको संलग्नता ‘ओपन सेक्रेट’ विषय हो । हाम्रो पार्टी यसखाले जनघाती, राष्ट्रघाती कार्यको निन्दा गर्दछ ।

    नेपाल सरकार तथा नेपाल आयल निगमलाई यथाशीघ्र ‘स्वचालित नियम’ लागू गर्न तथा खरिद मूल्यका आधारमा अधिकतम २० प्रतिशत नाफा कायम गरी नयाँ मूल्य तोक्न पार्टी जोडदार माग गर्दछ । यसखाले जनविरोधी कार्यको सशक्त विरोध गर्न पार्टी आमजनतालाई हार्दिक अपिल गर्दछ ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ