• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    लघुवित्तय संस्थाहरुबाट पीडितहरुद्वारा दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा

    1.4K
    SHARES



    काठमाडौं । लामो समयदेखि आन्दोलनरत पीडितहरुले लघुवित्त वित्तिय संस्थाहरु खारेजीको मागसहित दास्रो चरणको संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।

    मंगलबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै लघुवित्त वित्तिय संस्था विरुद्धको संघर्ष समितिका केन्द्रिय अध्यक्ष मनिराम ज्ञवालीले पीडितहरु आत्महत्या गर्न बाध्य हुँदासम्म पनि न्याय नपाउँदा कडा आन्दोलनको घोषणा गर्नु परेको बताएका हुन् ।

    संघर्ष समितिकी उपाध्यक्ष सशिला थापाले लघुवित्त संस्थाहरुले गरिब जनतामाथि क्रुरतापूर्वक चक्रिय व्याज लगाएर आत्महत्या गर्न बाध्य पारिरहँदा पनि सरकारी निकायहरु उल्टै उनिहरुको पक्षमा लागेको आरोप पनि लगाइन् ।

    उनले प्रहरी प्रशासनकै अगाडि आफुलाई हातपात गरेको र पीडित महिलालाई वित्तिय संस्थाका कर्मचारीहरुले जिउ बेचेर भएपनि ऋण चुक्ता गर्न भन्दै दुव्र्यवहार गरेको बताइन ।

    धादिङका अनिल विसुङ्खेले कोरोना कालमाजस्तै अहिले लघुवित्तिय संस्थाहरु कालका रुपमा आएको बताए । इलाम स्थायी घर भएकी पीडित कुमारी राईले नेपाली समाजमा लघुवित्तिय आतंक बढ्दै गएको र त्यसमा सरकारले न्याय दिनुभन्दा उल्टै पीडककै पक्षमा लागेको बताइन् ।

    लघुवित्तिय संस्थाहरु खारेजी, सामुहिक ऋण मिनाह, गरिब किसानहरुलाई निःशुल्क ऋण, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था र समाजवादी अर्थतन्त्रको विकास लगाएतका पाँचबुँदे माग राखेका छन् । सो मागहरु पुरा गर्नका लागि फागुन १ गतेदेखि ३० गतेसम्म दोस्रो चरण्णको आन्दोलनको घोषणा गरेका हुन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया