• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    ऋषि धमलामाथि शर्मिला वाइवाको हमलापछि एलिजा गौतमले फेसबुकमा लेखिन यस्तो स्टाटस

    2.9K
    SHARES



    काठमाडौं । चलचित्रमा अभिनय गरेर सामाजिक सञ्जालमा भाइरल बनेकी पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमले प्रतिक्रिया दिँदै पतिसँग साथमा रहेको बताएकी छिन् ।

    मंगलबार सामाजिक सञ्जालमार्फत एलिजाले सात जुनीसम्म ऋषि धमलासँगै रहने बताएकी छिन् ।

    उनले भनेकी छिन्, ‘जिन्दगी मा कहिले आँधी आउँछ, कहिले हुरी आउँछ तर, तिम्रो र मेरो माया प्रेम कहिले घट्ने वाला छैन । सँगै बाच्ने सँगै मर्ने कसम खाएर अगाडि बढेको हाम्रो जीवन सात जुनीसम्म हजुरलाई पाउँ भगवानसँग प्रथाना गर्छु ।’

    पत्रकार धमलालाई शर्मिला वाईबा नामकी युवतीले सामाजिक सञ्जालमा विभिन्न लाञ्छनाहरू लगाएपछि एलिजाले सो प्रतिक्रिया दिएकी हुन् ।

    शर्मिलाले धमलाविरुद्ध आफूसँग अडियो र भिडियोहरूसहितका प्रमाण रहेको भन्दै अदालतमा मुद्दा दिने तयारीमा रहेको अभिव्यक्ति दिएकी छिन् ।

    ”जिन्दगी मा कहिले आधी आउछ कहिले हुरी आउछ तर तिम्रो र मेरो माया प्रेम कहिले घट्ने वाला छैन सँगै बाच्ने सँगै मर्ने कसम खाएर अगाडी बढेको हाम्रो जिवन सात जुनी सम्म हजुर लाई पाउम भगवान सँग प्रथाना गर्छु 🙏 ❤️ I Love You ❤️ happy rose 🌹 day🙏❤️🌹🌹🌹 mero buda”  उनले लेखेकी छिन ।

    केही अनलाइन र युट्युबले शर्मिलालाई पत्रकार धमलाकी पहिलो पत्नी भनेर समेत लेखेका छन् । तर यो कुरामा कतिको सत्यता छ ? त्यो भने प्रमाणित हुन बाँकी नै रहेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ