News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

कलाकार पदमप्रसाद पौडेलको निधन

1.1K
SHARES


काठमाडौं । कलाकार पदमप्रसाद पौडेलको ९२ वर्षको उमेरमा आज निधन भएको छ । चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काका अनुसार बुढानीलकण्ठ चपलीस्थित घरमा अपरान्ह साढे तीन बजे पौडेलको निधन भएको हो ।

पौडेल लामो समयदेखि दमको रोगबाट पीडित थिए । बेलुका ६ बजे पशुपति आर्यघाटमा पौडेलको पार्थिव शरीरमा कलाकार संघको झण्डा ओढाएर श्रद्धाञ्जली दिने र दाहसंस्कार गर्ने जनाइएको छ । अन्तिम संस्कारमा सबै कलाकारलाई उपस्थित हुन भनिएको अध्यक्ष खड्काले जानकारी दिए ।

पौडेल अभिनित पछिल्लो फिल्म ‘ऐना झ्यालको पुतली’ थियो, जुन यस वर्ष नेपालबाट ओस्कार अवार्डमा सिफारिस भएको थियो । फिल्मका निर्माताले पौडेलको निधनबाट आफूहरु स्तब्ध भएको जनाएका छन् । हालै रिलिज भएको फिल्म ‘नालापानी’मा उनले राजगुरुको भूमिकामा अभिनय गरेका थिए ।

रिसानी माफ, उपद्रो, आधा बाटोसहित ६८ वटा फिल्ममा अभिनय गरेका पौडेल चलचित्र कलाकार संघका आजीवन सदस्य समेत हुन् । टेलिफिल्म, म्युजिक भिडियो र विज्ञापनमा समेत उनले अभिनय गरेका छन् ।

२०३८ सालबाट पत्रकारिता गरेका उनले अरुण, तमोर तरेर गाउँगाउँको रिपोर्टिङ गरेका थिए । कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले पौडेलको निधनले सिंगो चलचित्र क्षेत्र स्तब्ध बनेको बताए । ‘उहाँ हाम्रो लागि प्रेरणाको स्रोत हुनुहुन्थ्यो,’ अध्यक्ष खड्काले अनलाइनखबरसँग भने ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया